थप ५०८७ जनामा कोरोना संक्रमण, ३०६ जना संक्रमणमुक्त

२०७८ पौष ३० शुक्रबार १६:२६:०० मा प्रकाशित

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८४५५०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१५६५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६१३ पुगेको छ । क्वारेन्टाइनमा ११५ जना छन् भने आइसोलेसनमा १८२३५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर