विजय शङ्खरको 'ओके छ त’

२०७८ पौष ३० शुक्रबार ११:५४:०० मा प्रकाशित

काठमाडौं । गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उनलाई गायिका सुदिता राईले साथ दिएकी छन् । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेखेका हुन् । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा कुशल सिंहले सङ्गीत संयोजन गरेका छन् ।

ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको गीतमा श्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले, कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गरेका छन् । गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका थिए ।

ताजा खबर