निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

२०७८ पौष ३० शुक्रबार ०९:२५:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको छ ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको बारेमा दलहरुसँग छलफल हुने आयोगले जनाएको छ । आयोगले संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा निमन्त्रणा गरेको छ । 

ताजा खबर