प्राधिकरणका सव-स्टेशन प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ

२०७८ पौष २९ बिहीबार १८:५२:०० मा प्रकाशित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको ललिपतुर सव–स्टेसन प्रमुखलाई घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले सव–स्टेसन प्रमुख सोमप्रसाद पहाडीलाई एक लाख ४० घुससहित पक्राउ गरेको हो ।

प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग एक लाख ४० हजार घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले उनको पिछा गरेको थियो । आयोगले पहाडीले घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर