३५५३ जनामा कोरोना संक्रमण

२०७८ पौष २९ बिहीबार १६:३३:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८४१२९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१५३४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६१० पुगेको छ । क्वारेन्टाइनमा १२२ जना छन् भने आइसोलेसनमा १४३४०जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर