भारतमा एकैदिन २ लाख ४७ हजारलाई कोरोना संक्रमण

२०७८ पौष २९ बिहीबार ११:२०:०० मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार एक लाख ९४ हजार ७२० जनामा संक्रमण देखिएको थियो ।

ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा दैनिक संक्रमितको संख्य बढ्दै गएको हो । यस्तै, थप ६२० जनामा ओमोक्रन भेरियन्ट देखिएको छ । हालसम्म भारतमा ५ हजार ४८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ। त्यस्तै सोही अवधिमा संक्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ ।

ताजा खबर