ललिता निवासको मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको कारण खुलस्त पार्नुपर्छः रावल

२०७८ पौष २९ बिहीबार ११:०२:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले ललिता निवास जग्गा प्रकरणको मुद्दा फासफुस पार्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार सामाजिक संजालमर्फत रावलले अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्ने भन्दै अन्यथा सरकार अपराधको मतियार ठहरिने बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

 

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो,खुलस्त गर्नुपर्छ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।

— Dr. Bhim Rawal (@BhimRawal179) January 13, 2022

 

ताजा खबर