ब्राजिलमा भारी वर्षाका कारण दश जनाको मृत्यु

२०७८ पौष २८ बुधबार ११:३१:०० मा प्रकाशित

ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।

भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् ।पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भएपनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर