ललिता निवास प्रकरणमा पक्राउ परेको सुवेदी दम्पती रिहा

२०७८ पौष २८ बुधबार १०:५१:०० मा प्रकाशित

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलियाको आरोपमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी रिहा भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई मंगलबार हाजिर जमानीमा रिहा गरेको हो । उनीहरुलाई ब्यूरोले आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।  ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्धा चलाउन आनकानी गर्दै फाइल फिर्ता गरेपछि लिखत सम्बन्धी कसुरमा पक्राउ गरेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवीलाई आफन्तको जिम्मा लगाएर रिहा गरेको हो । 

प्रहरीले सुवेदी दम्पत्तीलाई लिखत सम्बन्धी कसुरमा ६ पुसमा पक्राउ गरेको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रतिवादी बनाएर विशेष अदालतमा सुवेदी बिरुद्ध मुद्धा दर्ता गरेको छ । 

ताजा खबर