खुल्यो रहस्य : आईप्याडको उत्पादनमा योगानन्दको प्रेरणा

२०७४ पौष ९ आइतबार १३:५१:०० मा प्रकाशित

काठमाडौं । इन्टरसेलर चलचित्रले बक्स अफिसमा निकै राम्रो व्यापार गर्न सफल भयो । सो वर्ष राम्रो व्यापार गर्ने चलचित्रमा इन्टरसेलर आठौँ नम्बरमा परेको थियो । चलचित्रले विज्ञानको वैधता परिक्षण गर्दै दर्शनको नवप्रवद्र्धन गरेको थियो । तर यो नयाँ भने थिएन । चलचित्रमा एउटा सार्वभौमिक सुपर–चेतना हुन्छ, जुन समय र स्थान भन्दा बाहिर हुन्छ र जससँग हरेक मानव जीवन जोडिएका हुन्छ । जुन तीन हजार वर्ष आसपासको हो । तर यो वैदिक हो ।

जब चलचित्रमा अन्तरिक्ष यात्रीको रोल गरेका म्याथ्यूले रहस्य बताउँछन्, सबैलाई थाहा हुन्छ उनले मानव जातिको रक्षाका लागि शनिग्रहको नजिकै वामहोल बनाइरहेका छन् । यस प्रक्रियामा उनले भौतिकवादी सोँचलाई भंग गरिरहेका हुन्छन् । उनले उपनिषद्का मुख्य भावलाई दोहोर्याइरहेका हुन्छन् । उपनिषद हिन्दू धर्मको दर्शन हो । जसले मानिसको व्यक्तिगत मस्तिष्कलाई ब्रम्हाण्डमा प्रतिबिम्ब गराउँछ ।

हलिउडमा बुद्धिज्म, योगा लगायतका भारतीय विषयवस्तु नयाँ होइनन् । डेभिज लिन्च ट्रान्सिडेन्टल मेडिटेसनका प्रतिपादक नै हुन् । रिचार्ड गेरेले दलाई लामालाई पछ्याइरहेका छन् भने जुलिया रोवर्टले ‘इट, प्रे, लभ’ चलचित्रका माध्यमबाट हिन्दूत्वलाई पुष्टि गरेकी छिन् । चलचित्रले शान्तिका लागि एउटी आधुनिक अमेरिकन महिलाको भारतीय आध्यात्मिक यात्राका बारेको कथा भन्छ । उनी आफैंले पनि हिन्दू धर्म अँगालेकी छिन् । 
फिल्म निर्माता पिटर राडे भन्छन–‘पहिलो म्याट्रिक्स चलचित्र हेर, यो पुरै योगसँग सम्बन्धित छ । यसले संसार भ्रम हो भन्छ । यो मायाँका बारेमा छ यदि हामी सांसारिक भ्रमबाट मुक्त भयौँ भने मात्र ससाना कुरा पनि गर्न सक्छाँै ।’

राडेरको पछिल्लो वृत्तचित्र परमहंस योगानन्दका बारेमा छ । योगानन्द सन् १९२० को दशमा दक्षिण अमेरिकामा भारतीय रहस्यवादको विस्तार गर्ने पहिलो गुरु हुन् ।  उक्त चलचित्रले  अमेरिकन संस्कृतिमा हिदू दर्शन कति प्रभावकारी छ र यसले योगाप्रतिको लगाव बढाउन कस्तो योगदान गरेको छ भन्ने कुरा समेटेको छ ।  राडेर अमेरिकामा हिन्दू दर्शनको निकै ठूलो माग रहेको र त्यहाँ अध्यात्मवादीले ध्यान, योगा गर्ने तथा पुस्तक अध्ययन गरिरहेको बताउँछन् । 

एप्पलका संस्थापक स्टिभ जब्सले समेत वर्षमा एक पटक योगानन्दको पुस्तक अध्ययन गर्ने गरेकाले आइप्याड जस्तो उत्पादनको विकास गर्ने प्रेरणा मिलेको राडेर दाबी गर्छन् । 

अध्यात्म ओपन सेक्रेट हो’राडेर भन्छन्– ‘धेरै मानिसलाई थाहा छ यदी हामी शान्त हुन चाहन्छाँै भने त्यसका लागि गहन शक्तिको आवश्यक हुन्छ ।’ चलचित्र इन्टरसेलर र स्टार वार लगायतले पाठकलाई यस्तै गहन शक्ति दिने काम गरेका छन् । दर्शकहरुलाई थाहा छ चलचित्रले के भन्न खोजेका  छन् । चलचित्रको कथाले उनीहरुलाई गहिरो सोचाइतर्फ लैजान्छ । चलचित्रको कथाले दर्शकलाई जीवनमा साधारण भन्दा पनि धेरै कुरा छ भन्ने देखाउँछ । (गार्जियनबाट साभार गरी अनौपचाकि अनुवाद) तस्बिर गुगल

ताजा खबर