नेपालको सार्वभौमसत्तामाथि आँच पुग्ने काम नगर्न भारतलाई एमालेको चेतावनी

२०७८ पौष २७ मंगलबार १७:१७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूमिमा भारत सरकारले सडक विस्तारको काम अघि बढाएको भन्दै भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विज्ञप्ति जारी गरी यसबारेमा तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौ प्रश्न जन्माएको उल्लेख गरेका छन् ।

ताजा खबर