१९८१ जनामा कोरोना संक्रमण, ३१३ जना संक्रमणमुक्त

२०७८ पौष २७ मंगलबार १६:२६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८३५९२७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१४७९८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६०७ पुगेको छ । क्वारेन्टाइनमा ११३ जना छन् भने आइसोलेसनमा ९५२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर