स्थानीय तहको निर्वाचन नगरेर सरकार लुटमारमा लाग्योः केपी ओली

२०७८ पौष २६ सोमबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाएका छन् ।

सोमबार पार्टीको संखुवासभा जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु दक्षिणपन्थीको सेवामा लागेका आरोप लगाएका हुन् ।

उनले पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गरे । अध्यक्ष ओलीले देशमा परिवर्तन चाहने एकमात्रै वामपन्थी पार्टी एमाले मात्रै भएको दाबी गरे । एमालेको काँधमा देश बनाउने अभिभारा रहेको भन्दै अध्यक्ष ओलीले त्यो अभिभाराबाट एमाले नभाग्ने बताए ।

ओलीले अहिलेको सरकारले स्थानीय तहको निर्वाचन नगरेर जनप्रतिनिधिविहीन बनाउन खोजिरहेको आरोपसमेत लगाए । उनले भने,‘स्थानीय तहको निर्वाचन कानूनअनुसार फागुनमा गर्नुपर्ने हो। तर त्यो हुने सम्भव छैन यो सरकार लुटमारमा लागेको छ । स्थानीय तह

ताजा खबर