भारतले लिपुलेकमा गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

२०७८ पौष २६ सोमबार १५:४०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तार रोक्न माग गरेको छ । सोमबार विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा सडक विस्तार गर्न लागेकोप्रति आपत्ति जनाउँदै काम रोक्न माग गरेका हुन् ।

उनले नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन भएको उल्लेख गरेका छन् । त्यस्तै नेपाल सरकारलाई पनि आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

ताजा खबर