पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

२०७८ पौष २६ सोमबार १४:२१:०० मा प्रकाशित

काठमाडौँ । पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले पुस २८ गतेका लागि बोलाइएको बैठक माघ ३ गते बस्ने जानकारी दिएको छ ।

संसद सचिवालयको सूचनामा भनिएको छ, ‘२०७८ साल पुस २८ गते बुधबार दिनको १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले मिति २०७८ माघ ३ गते सोमबार दिनको १ बजे बैठक बस्ने गरि निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ताजा खबर