सुकीलाई चार वर्ष जेल सजाय

२०७८ पौष २६ सोमबार १४:१८:०० मा प्रकाशित

म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता नेतृ सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ ।

हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।

एएफपीकाअनुसार सुकीलाई अवैध रूपमा वाकीटकीहरू आयात गर्ने, स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ । जुन्ताका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।

ताजा खबर