नाइजेरियामा अपहरित ३० शिक्षक र विद्यार्थीको ६ महिनापछि उद्धार

२०७८ पौष २६ सोमबार ११:४२:०० मा प्रकाशित

उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको ६ महिनापद्धि उद्धार गरिएको छ । उनीहरुलाई ६ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो ।

त्यहाँस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए । ती शिक्षक र विद्यार्थीको खोजीका लागि प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो ।

प्रहरी टोलीको ६ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ । केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले पत्रकार सम्मेलन गरी प्रहरीले लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताए ।

नाइजेरियामा पछिल्लो समयमा हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन् । विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको बताएको छ ।

ताजा खबर