भारतमा थप एक लाख ७९ हजारलाई कोरोना संक्रमण, १४६ को मृत्यु

२०७८ पौष २६ सोमबार ११:३९:०० मा प्रकाशित

भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४६ जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १३.२९ प्रतिशत रहेको छ ।

त्यस्तै सोही अवधिमा ४६ हजार ५६९ जना कोरोना संक्रमणबाट निको भएका छन् । त्यस्तै भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरियन्टका ४०३३ केस पुष्टि भएका छन् । त्यस्तै अहिलेसम्म १५२५ ओमिक्रोन संक्रमित निको भएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ ।

 

ताजा खबर