न्यूयोर्कको १९ तले भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ को मृत्यु

२०७८ पौष २६ सोमबार ०९:२९:०० मा प्रकाशित

अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था गम्भीर रहेको छ । मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको बताएका छन् ।

डेमोक्रेट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन् । अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन् ।

फिलडेल्फियास्थित अपार्टमेन्टमा आगलागी भएको केही दिनपछि न्यूयोर्कमा यो घटना भएको हो । फिलडेल्फियामा पनि आगलागीमा परि ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

ताजा खबर