मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित

२०७८ पौष २५ आइतबार २३:२९:०० मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लबद्वारा आयोजित अवार्डमा मुक्तिनाथ बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको हो ।

उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।  सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिलेको पोखरेलले बताए ।


बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

ताजा खबर