माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

२०७८ पौष २५ आइतबार १९:५७:०० मा प्रकाशित

काठमाडौँ । कोभिड संक्रमण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको हो । देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि यस्तो सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

ताजा खबर