कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, २२४ जना संक्रमणमुक्त

२०७८ पौष २५ आइतबार १६:५५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८८४८ जनाको पीसीआर परीक्षण गरिएकोमा ८४१ र ३७८४ को एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २२४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।

 

ताजा खबर