बलुचिस्तानमा भएको भीडन्तमा ६ विद्रोहीको मृत्यु

२०७८ पौष २५ आइतबार १२:३३:०० मा प्रकाशित

पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर–टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई जनाएको छ । आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

उनीहरुलाई पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम तोकिएको थियो । यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतङ्कवादी मारिएका थिए।

ताजा खबर