लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

२०७८ पौष २५ आइतबार ११:१८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरी सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गरेका हुन् । केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए ।

गतवर्ष भारतले नेपालको कालापानी क्षेत्र अन्तरगत पर्ने लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उद्घाटन गरेका थिए ।

ताजा खबर