थप ९४४ जनामा कोरोना संक्रमण, २९७ जना संक्रमणमुक्त

२०७८ पौष २४ शनिबार १६:३२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ६९६ र एन्टिजेन परीक्षणमा २४८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ८३१७४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१४००६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ११३ जना छन् भने आइसोलेसनमा ६१४० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर