हाइटीमा जिउँदै दुई पत्रकारलाई जलाइएको घटनाको राष्ट्रसंघद्वारा निन्दा

२०७८ पौष २४ शनिबार १६:०५:०० मा प्रकाशित

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको छ । राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकार सम्मेलनमा भने, ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन् । हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ ।’

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए । अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएका जनाइएको छ ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक सङ्कट गहिरिदै गएको छ ।

ताजा खबर