२६ लाख जरिवाना भएपछि फरार भएका अभियुक्त पक्राउ

२०७८ पौष २३ शुक्रबार १५:११:०० मा प्रकाशित

काठमाडौं । अदालतबाट २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज बानेश्वरबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालतको विसं २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम २६ लाख जरिवाना ठहर गरेपछि उनी फरार भएको जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठले आफ्नो सिभिल बैंक लिमिटेड भक्तपुर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै पनि झुक्यानमा पारेर चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमसजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

ताजा खबर