ओमिक्रोनलाई कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

२०७८ पौष २३ शुक्रबार ११:३२:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न चेतावनी दिएको छ । हालैका अध्ययनहरूले ओमिक्रोनले अन्य भेरियन्टभन्दा कम मात्रामा मात्रै सङ्क्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्याउने देखिएको जनाएका छन् ।

तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै दबावमा परेको बताएका छन् ।

सङ्गठनले गत साता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ । विश्वभरका गम्भीर सङ्क्रमणको घटनामध्ये ९० प्रतिशत सङ्क्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ ।

डा. टेड्रोसले भने, ‘डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन। वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ।’

ओमिक्रोन सङ्क्रमण भएकाहरूलाई गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएर उपचार गराउनु पर्ने स्थिति रोक्न खोपले काम गरिरहेको बताइन्छ । . टेड्रोसले गरिब राष्ट्रमा खोप पुर्याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिएका छन् ।

ताजा खबर