एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

२०७८ पौष २२ बिहीबार २०:३५:०० मा प्रकाशित

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।

छनोटका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी डाकिएको छ । फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको हो । पोखरामा आयोजना भएको ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।

 

ताजा खबर