कजाकिस्तानमा मस्को नेतृत्वको गठबन्धनको सेना परिचालन

२०७८ पौष २२ बिहीबार १८:२८:०० मा प्रकाशित

कजाकिस्तानमा जारी दंगामा एक हजारभन्दा बढी व्यक्ति घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण एक हजार भन्दा बढी व्यक्ति घाइते भएका र तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका जानकारी दिए ।

यसैबीच, मस्को नेतृत्वको सैन्य गठबन्धनले बिहीबार आफ्नो सरकारले बढ्दो अशान्ति नियन्त्रण गर्न मद्दतको लागि अनुरोध गरेपछि कजाकिस्तानमा आफ्नो सेना पठाएको बताएको छ ।

“सामूहिक सुरक्षा सन्धि सङ्गठनको शान्ति सेनालाई स्थितिलाई स्थिर र सामान्य बनाउन सीमित समयका लागि काजाकिस्तान गणतन्त्रमा पठाइएको, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकले जनाएका छन् ।

यो तैनाथमा रूस, बेलारुस, आर्मेनिया, ताजिकिस्तान र किर्गिजस्तानको सशस्त्र बलको एकाइहरू, मस्कोको प्रभुत्व रहेको अन्य पाँच सदस्यहरू समावेश गरिएको छ ।

विज्ञप्तिमा कति सेना पठाइँदैछ भनेर निर्दिष्ट गरिएको छैन तर रुसी दलमा देशको एयरबोर्न फोर्सका सदस्यहरू समावेश छन् । सेनाको मुख्य कार्यहरू महत्वपूर्ण राज्य र सैन्य सुविधाहरूको सुरक्षा र स्थितिलाई स्थिर बनाउन कानून र व्यवस्थाका बलहरूलाई सहयोग गर्नु रहेको हो ।

ताजा खबर