वीर राधा शेर्पा बने ‘डान्स च्याम्पियन’

२०७४ पौष ९ आइतबार ११:३४:०० मा प्रकाशित

काठमाडौं, ९ पौष । आसामका  वीर राधा शेर्पा डान्स च्याम्पियन बनेका छन्  । स्टार प्लसको चर्चित रियालिटी शो ‘डान्स च्याम्पियन’ जितेको खबर कार्यक्रम प्रशारण हुनुअघि नै बाहिरिएको छ । कार्यक्रम भने आइतबार मात्रै प्रशारण हुनेछ।

रेमो डिसुजा र टेरेस लुइस निर्णायक रहेको उक्त कार्यक्रममा उनको प्रतिभाको तारिफ सुरुदेखि नै भएको थियो। पछिल्लो साता  सलमान खान र कट्रिना कैफ गेस्टको रुपमा आउँदा उनले ब्याटल जितेका थिए।

नेपालीभाषी शेर्पाले जितेको यो रियालिटी शोको उत्कृष्ट १० मा  फैजल खान, एमजे ५ समूह, वैष्णवी पाटिल  र पियुष भगत पनि फाइनलमा पुगेका थिए । 

ताजा खबर