बतास समूहमा मेरो संलग्नता छैनः आरजु राणा

२०७८ पौष २२ बिहीबार १७:२९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन् । बिहीबार विज्ञप्ति जारी गरी राणाले आफू आबद्ध संस्थाहरूको नाम सार्वजनिक गरी नारायणहिटी दरबार संग्रहालय परिसरमा बनिरहेको विवादित रेस्टुरेन्ट सञ्चालन गर्न लागेको बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी हुन् ।

पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा आरजु सल्लाहकार रहेको समाचार आएपछि उनले त्यसको खण्डन गरेकी हुन् । ‘सञ्चार माध्यमहरूमा विभिन्न संघसंस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले विज्ञप्तिमार्फत भनेकी छन् ।

उनले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको जानकारी दिएकी छन् ।

त्यसैगरी युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षक पनि रहेको तर त्यसबाहेक अन्य कुनै संस्थामा आफू सल्लाहकार वा अन्य कुनै पदमा संलग्नता नरहेको उनले बताएकी छन्।

 

ताजा खबर