स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित धनुषाबाट एक युवक पक्राउ

२०७८ पौष २२ बिहीबार १६:१३:०० मा प्रकाशित

जनकपुरधाम । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।  

भारतबाट नेपाल आउँदै गरेका यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित बिहीबार पक्राउ परेका प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए ।

प्रदेश–२–०२००१प ०४८०८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

ताजा खबर