प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

२०७८ पौष २१ बुधबार १९:०६:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा नयाँदिल्लीमा देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

ताजा खबर