राजमार्गमा लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

२०७८ पौष २१ बुधबार १०:३४:०० मा प्रकाशित

बाँके । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गएराति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् ।

अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   

 लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।

ताजा खबर