फाइजरको खोप लगाउन अमेरिकाबाट ल्याइयो ६ लाख सिरिन्ज

२०७८ पौष २० मंगलबार २२:३८:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज मंगलबार नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो ।

सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो ।

ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप लगाउने तयारी थियो । बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सिरिन्ज आइसकेकाले स्थगित गरिएको फाइजर खोप सञ्चालन गरिने बताए ।

 

ताजा खबर