दीर्घरोगीलाई दिने भनेको अतिरिक्त खोप अभियान स्थगित

२०७८ पौष २० मंगलबार १७:५२:०० मा प्रकाशित

काठमाडौं । सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको अतिरिक्त खोप अभियान स्थगित गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी केही लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ ।’

यसअघि सोमबार मन्त्रालयले मंगलबारदेखि जेष्ठ नागरिकलाई अतिरिक्त खोप मंगलबारदेखि लगाउन सुरु गर्ने भन्दै खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको थियो ।

ताजा खबर