अमेरिकामा एकैदिन १० लाखलाई कोरोना सङ्क्रमण

२०७८ पौष २० मंगलबार १६:२०:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमणक पुष्टि भएको छ । अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको हो । जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।

नयाँ कोभिड–१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजार पुगेको छ । यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ। जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन् ।

ताजा खबर