तान्जानियामा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु, २२ घाइते

२०७८ पौष २० मंगलबार १५:४९:०० मा प्रकाशित

दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका राष्ट्रपति कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा आइतबार अबेर राति उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको कारण तीव्र गति रहेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ताजा खबर