कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

२०७८ पौष २० मंगलबार १२:५९:०० मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नम्बरको ट्याक्टर  मंगलबार बिहान दुर्घटना भएको थियो ।

बालुवा लोड गर्न मजदुर लिएर गइरहेको ट्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेका इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण ट्र्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर