माओवादीद्वारा राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोट

२०७८ पौष २० मंगलबार ०९:५५:०० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भागमा परेका ५ सिटमा उम्मेदवार चयन गरेका हुन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रदेश दुईमा महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

महाधिवेशनपछि बसेको नवनिर्वाचित केन्द्रीय समितिको सोमबारको बैठकले अध्यक्ष प्रचण्डलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि जिम्मेवारी दिएको थियो । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ । त्यसका लागि आज उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।

ताजा खबर