राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत उम्मेदवार मनोनयन आज

२०७८ पौष २० मंगलबार ०८:५८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवार मनोनयन दर्ताको समय तोकिएको छ ।

निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । निर्वाचन आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले भाग लिनेछन् ।

१९ रिक्त पदका लागि हुने निर्वाचनमा बुधबार गते उमेदवारीमा दाबी विरोध, पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ, २४ गते उमेदवाको नाम फिर्ता र २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगले २५ गते नै उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

फागुन २० गते नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन् ।

ताजा खबर