एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

२०७८ पौष १९ सोमबार १५:१३:०० मा प्रकाशित

दमक । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापाको नवौं जिल्ला अधिवेशनको सोमबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गरे ।

उनले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको दाबी गरे ।

उनले भने, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली कम्युनिष्ट हो भनेर । ” 

ताजा खबर