निगम र प्राधिकरणबीच कार्गो ढुवानी गर्ने सम्झौता

२०७८ पौष १९ सोमबार १३:४८:०० मा प्रकाशित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र नेपाल वायु सेवा निगमबीच कार्गो सामान ढुवानी गर्ने सम्झौता भएको छ । प्राधिकरण र निगमबीच प्राधिकरणको कार्गो निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौता भएको हो ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको प्रस्ताव स्विकार गरेको भन्दै प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए । यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौंतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरसः पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

ताजा खबर