ब्लगिङ गर्नुहोस् लाखौ कमाउनुहोस्,यस्तो छ तरिका

तपाईँले पक्कै पनि सुन्नुभएकै होला ब्लगिङको बारेमा । अनि यो पनि सुन्नु नै भएको होला ब्लगिङबाट पैसा पनि कामाइन्छ रे भनेर । तर तपार्इंलाई थाहा छ कति कमार्इन्छ ब्लगिङ गरेर ? झट्ट सुन्दा अपत्यारीलो पनि लाग्ला ब्लगिङबाट लाखौँ लाख पैसा कमार्इन्छ भन्दा । तर थाहा छ,ब्लगिङमा यति धेरै पैसा छ कि तपाईँ सोच्न पनि सक्नुहुन्न ।
ब्लगिङ सुरु गर्न त्यति गाह्रो पनि छैन । ओहो अब त झन आश्चर्यमा पर्नुभयो होला । अब त तपाईँले यो लेख पढिसकेपछि पक्कै ब्लगिङ सुरु गर्नुहुन्छ होला हैन ? तर पख्नुहोस् ब्लगिङ दुनियाँ रमाइलो छ , कमाइ अपत्यारिलो छ, तर यदि तपाईसँग धैर्य र इच्छाशक्ति छैन भने यो क्षेत्रमा हात हाल्नु त्यति उचित नहोला ।
के हो ब्लगिङ ?
ब्लगिङ भनेको तपाईँको लेखलाई वेवसाइट वा ब्लगमा संप्रेषण गर्नु हो । तपाईसँग केहि न केहि प्रतिभा त पक्कै छ । कसैसँग खानाको मीठो परिकार पकाउने प्रतिभा त कसैलाई श्रृंगारको ज्ञान , कृषिको ज्ञान वा कसैलाई लेख रचनामा पनि रुची हुनसक्छ । त्यस्तो केहि सोँच्न सक्नुभएन भने समसामायिक विषयमा आफ्नो कुरा त अवश्य नै राख्नु सक्नुहुन्छ । त्यहि लेख रचनालाई तपाईँ आफ्नो ब्लग वा वेवसाइटमा राख्ने काम नै हो ब्लगिङ ।
कति खर्च लाग्छ ?
ब्लगिङ सुरु गर्न कति पनि खर्च लाग्दैन, तपाईँ घरमै बसिबसी ब्लगिङ सुरु गर्न सक्नुहुन्छ । तपार्इंलाई मात्र एउटा कम्प्युटर र इन्टरनेट चाहिन्छ । केहि समय यता मानिसहरुले एडसेन्स एकाउन्ट बनाउने भन्दै धेरै पैसा खुवाएर बनाइएको पनि पाइएको छ । एडसेन्स एकाउन्ट आफैं घरबाट नै बानाउन सकिने प्रकृया हो,त्यसका लागि मात्र चाहिन्छ, थोरै ज्ञान ।
ब्लगिङ कथा
ब्लगिङ सुरु गर्नु भन्दा पहिले ब्लगिङबाट नै धेरै पैसा कमाउनेहरुको कथा सुनौ न ।
जेनिफर बारिची
जेनिफर बारिची ती महिला हुन् जसले आफ्नो हुँदाखाँदाको जागिर छोडेर ब्लगिङमा लागेकी थिईन्। उनले विभिन्न महिला र उनिहरुको समस्याकाबारेमा आफ्नो ब्लगमा लेख्छिन् । उनले ब्लगिङ गरेर नै बार्षिक १ लाख ८६ हजार ३२२ अमेरिकी डलर कमाउँछिन् ।
अमित अग्रवाल
टेक्नोलोजिले धनी बनाएका मध्ये पर्छन् अमित अग्रवाल । उनि भारतका ब्लगर हुन् । उनि भारतका विभिन्न विषयमा ब्लग लेख्छन् । उनि ब्लगिङ गरेर मासिक ३० हजार देखि ४० हजार डलर कमाउँछन् ।
ब्लगिङ गरेर लाखौँ कमाउने यस्ता कथाहरु धेरै छन् । तपाईं अरुको मात्र कथा पढ्न चाहनुहुन्छ कि आफ्नो पनि कथा रच्न चाहानुहुन्छ ?
के गर्नु पर्छ ?
ब्लगिङ शुरु गर्न चाहिने भौतिक आवश्यकता धेरै छैन । केवल यतिमात्र हो कम्प्युटर र इन्टरनेट । तर अति आवश्यक पर्छ धैर्य र इच्छाशक्तिको ।
यसो गर्नु पर्छ
क) ब्लग वा वेवसाइट बनाउँने
सर्वप्रथम तपार्इंले आफ्नो ब्लग वा वेवाइट बनाउन पर्ने हुन्छ । ब्लगिङ सेवाका लागि तपाँर्इले गुगलबाट आफ्नो ब्लग निःशुल्क बनाउन सक्नुहुन्छ । गुगलले दिएको सेवा blogger.com मा गएर नयाँ एकाउन्ट बनाउनुहोस् । तपाँइसँग पहिल्यै आफ्नो जिमेल एकाउन्ट छ भने त्यसै एकाउन्ट मार्फत पनि ब्लग चलाउन सक्नुहुन्छ । नयाँ ब्लग बनाउँदा तपाईंले आफ्नो ब्लग वा वेवसाइटको उचित नाम राख्नुहोला । तपाईको खुबी के छ वा तपाईं केमा ब्लगिङ गर्दै हुनुहुन्छ सोहि अनुरुप नाम राख्नसक्नुहुनेछ । त्यसपछि तपार्इं फुर्सदमा हरेकदिन जसो नयाँ नयाँ ब्लगहरू पोस्ट गर्दै जानुहोला ।
ब्लगमा तपाईं मिहिनेत गरेर पाठकलाई रोचक र समसामायिक विषयमा चर्चा गर्दा तपार्इंको लेख धेरैले पढ्नेछन् । जति धेरै लेख पढिए त्यति नै धेरै पैसा कमाउन सक्नुहुनेछ ।
ख) याडसेन्स एकाउन्ट (Adsense Account)
तपाईंको लेख रचना पढिएर मात्र पैसा कमार्इ भएको होइन । त्यस लेखमा संप्रेषण भएका विज्ञापन हेरिए बापत पैसा कमार्इ भएको हो । एडसेन्सको काम विभिन्न विज्ञापन प्रदान गर्ने हो । गुगलद्वारा विभिन्न कम्पनीबाट विज्ञापन लिर्इन्छ र त्यही विज्ञापन तपार्इंको ब्लगमा संप्रेषण हुन्छ जसलाई हेरेबापत तपार्इंलाई खुरुखुरु पैसा आउँछ । एडसेन्समा एकाउन्ट बनाउन खासै गाह्रो पनि छैन । तपाईं एडसेन्सको वेवसाइट http://www.google.com/adsense मा गएर नयाँ एकाउन्ट बनाउन सक्नुहुनेछ । त्यसपछि एडसेन्सबाट विज्ञापनको कोड लिएर तपार्इंले आफ्नो ब्लगमा जसरी पोस्ट(लेख) संप्रेषण गर्नुहुन्छ त्यसरी नै संप्रेषण गर्नुहोस् । तपाँर्इको एडसेन्स खातामा पैसा सुरू सुरूमा थोरै आउँछ । त्यसैले नै धेरै ब्लगरहरू हरेस खाएर छोड्ने गरेको पार्इन्छ । तर जब राम्रो कमार्इ हुनथाल्छ तब तपार्इं ब्लगिङ दुनियाँबाट पर जानुलाई मूर्खता सोच्न थाल्नुहुनेछ ।
तपार्इंको ब्लग धेरैले पढेका छैनन् भने एडसेन्सले विज्ञापन सम्प्रेषण नगर्न सक्छ । तर एडसेन्स जस्तै अरु विज्ञापन दिने कम्पनीबाट पनि विज्ञापन लिनसक्नुहुन्छ । जस्तै yllix.com, infolinks.com , media.net ।
तर एडसेन्सले चाहिँ धेरै पैसा दिने भएकोले यो सबैको पहिलो रोजाइमा पर्छ ।
तपाईं एडसेन्स बाहेक आफ्नो ब्लगमा Affiliate marketing बाट पनि पैसा कमाउन सक्नुहुनेछ । Affiliate marketing भनेको अनलाईन मार्केटिङ कम्पनीहरुको विज्ञापन हो जुन तपार्इंको ब्लगमा सम्प्रेषण हुन्छ । तपार्इंको ब्लग मार्फत पाठकले यस्ता कम्पनीहरुका सेवा सुविधा वा सामान लिए बापत तपार्इंले कमिसन पाउन सक्नुहुनेछ ।
तपाईंको हातमा कसरी पैसा प्राप्त हुन्छ ?
यसरी कमाएको पैसा तपाईं आफ्नो अनलाईन बैंक जस्तै पेपाल, पेजा,स्क्रिल,पायोनियरमा पठाउन सक्नुहुनेछ । अनलाइनबाट स्क्रिल हुँदै ईसेवामा पठाउनुभएमा तपार्इंले आफ्नै बैङ्क खातामा पैसा सजिलै पाउन सक्नुहुनेछ । एडसेन्सले दिने पैसा तपार्इ Western Union Money Transfer बाट पनि मगाउन सक्नुहुनेछ । एडसेन्समा कम्तिमा पनि १०० डलर भएपछि मात्र पैसा झिक्न सक्नुहुनेछ भने अरु विज्ञापन कम्पनीको झिक्न मिल्ने न्यूनतम पैसा बेग्लै बेग्लै हुन्छ ।
यसरी तपार्इं घरमा नै बसेर आफूलाई मनमा लागेका कुरा लेखेरै इन्टरनेटको माध्यमबाट पैसा कमाउन सक्नुहुन्छ । इन्टरनेट यस्तो ठाँउ हो जहाँ तपाईं सुतिरहँदा पनि पैसा कमिरहन्छ । यति कुरा पढिसकेपछि त अब जानिसक्नुभो नि कसरी ब्लगिङबाट पैसा कमाउने भनेर । अब त्यसको उपयोग किन नगर्ने त ? अखिर घाटा त केहि छैन नि ? के थाहा आज तपाँर्इ यो लेख पढिरहनुभएको छ , भोली तपाँर्इ को नाम यस्तै लेखमा पो आउने हो कि ?