उत्तरपूर्वी चीनमा भूमिगत बजारमा आगलागी हुँदा ९ जनाको मृत्यु

२०७८ पौष १८ आइतबार २०:५४:०० मा प्रकाशित

उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा भएको आगलागीमा परी ९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना शुक्रबार बिहान भएको थियो र दिउँसो १ बजे आगो निभाइएको थियो ।

आगो निभाउने क्रममा नौ जना मध्ये एकजना अग्नि नियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् । त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।

ताजा खबर