पार्टी विभाजन गरेर समाजवाद आउँदैन :अध्यक्ष ओली

२०७८ पौष १८ आइतबार १५:५०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्काे दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाए ।

उनले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह गरे । कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास व्यक्त गरे ।

ताजा खबर