ओमिक्रोन थप फैलन नदिन सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

२०७८ पौष १८ आइतबार १५:३७:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सतर्कता अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।

जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर