प्रतिनिधि सभाको बैठक स्थगित

२०७८ पौष १८ आइतबार १०:४३:०० मा प्रकाशित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।

संसद बैठक स्थगित भएपछि कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको हो । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको बताइएको छ  । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसदमा विरोध प्रदर्शन गर्दै आएको छ ।

ताजा खबर