श्रीलङ्कामा मुद्रास्फीति १२.१ प्रतिशत कायम, खाद्यान्नको मूल्यमा उच्च वृद्धि

२०७८ पौष १७ शनिबार २२:५६:०० मा प्रकाशित

श्रीलंकामा सन् २०२१ को डिसेम्बर महिनामा मुद्रास्फीति बढेर १२.१ प्रतिशत कायम भएको छ । नोभेम्बरको तुलनामा यो २.२ प्रतिशतको वृद्धि हो ।  मुद्रास्फीतिसँगै श्रीलङ्काको खाद्यान्नको मूल्यमा उच्च वृद्धि भएको देखिएको छ ।

वार्षिक औसत आधारमा मापन गरिएको कोलम्बो उपभोक्ता मूल्य सूचीमा भएको परिवर्तन नोभेम्बरमा ५.३ प्रतिशतबाट डिसेम्बरमा ६.० प्रतिशत पुगेको श्रीलङ्का न्युज रेडियोले आफ्नो समाचारमा जनाएको छ ।

 केन्द्रीय बैंकले मुद्रास्फीति वृद्धिको मुख्य कारण आपूर्ति श्रृंखलाका कारकहरू भएको विज्ञप्तिमार्फत् जानकारी गराएको छ । खाद्य तथा गैर–खाद्य दुवै श्रेणीमा वस्तुहरूको मूल्यमा मासिक वृद्धिले गर्दा मुद्रास्फीति भएको कुरा उल्लेख गरेको न्युज रेडियोले केन्द्रीय बैंकका अधिकारीलाई उदृत गरी लेखेको छ ।

सन् २०२१ को डिसेम्बरमा खाद्य मुद्रास्फीति १७.५ प्रतिशतबाट बढेर २२.१ प्रतिशत पुग्यो भने सन् २०२१ को डिसेम्बरमा गैर–खाद्य मुद्रास्फीति सन् २०२१ को नोभेम्बरमा ६.४ प्रतिशत रहेकोमा बढेर ७.५ प्रतिशत पुगेको छ । 
 

ताजा खबर